पुस ८ , काठमाण्डु। बसन्तपुरमा दुई किशोरीमाथि एसिड प्रहार गर्ने जीवन विकलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको छ। जिल्ला अदालत काठमाण्डुले घटना भएको करिब एक वर्ष पुग्न लाग्दा दोषि विकलाई सो सजाय सुनाएको हो । न्यायाधीश हरिप्रताप केसीको इजलासले विकलाई ज्यान मार्ने उद्योग गरेको भन्दै १० वर्ष कैद सजाय सुनाएको हो। सरकारले जीवनलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा १० वर्ष कैद हुनुपर्ने माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो ।
संगितासँगको आन्तरिक रिसिबीका कारण जीवनले प्रहार गरेको एसिय सँगै रहेकी सीमालाई समेत लागेको थियो । जसका कारण उनीहरुले नजिकिँदै गरेको एसएलसी परिक्षा अस्पतालबाटै दिएका थिए ।एसिड आक्रमणमा परी संगिता र सीमा दुबैको अनुहार जलेको थियो । लामो समयको उपचारपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेपछि उनीहरु घरमै बस्दै आएका छन् ।उनले प्रहरीसामू संगिताको सुन्दरता बिगार्न एसिड प्रहार गरेको स्वीकारेका थिए ।काठमांडुटुडेबाट