ultra dhawakपुस ८ काठमाण्डु ।कीर्तिमानी पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले उल्टो चालमा अफ्रिकी महादेशको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी नेपाल प्रहरीको झन्डा फहराउनु भएको छ ।पण्डितले २५ घन्टा ४० मिनेटमा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी सोमबार पहिलो पटक नेपाल प्रहरीको झन्डा फहराउनु भएको प्रहरी प्रधान कार्यालयको समाचार बुलेटिनमा उल्लेख छ ।पण्डितले उक्त हिमाल उल्टो चालमा आरोहण गरिसकेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत आफ्नो नाम उल्लेख हुने बताएका छन्।कीर्तिमानी पर्वतारोही पण्डितले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला नेपाल प्रहरीले उत्कृष्ट सेवा गरेको भनी कदरस्वरुप किलिमन्जारोमा फहराउन प्रहरीको झन्डा लिएर गएका थिए ।प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत मङ्सिर २५ गते प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच पण्डितलाई नेपाल प्रहरीको झन्डा हस्तान्तरण गरेका थिए ।संसारका सातमध्ये छवटा महादेशका सर्वोच्च शिखर सकुशल आरोहण गरिसकेका पर्वतारोही पण्डितको आगामी वर्ष अन्टार्टिकाको माउण्ट भिन्सन म्यासिफ आरोहण गर्ने योजना छ ।

 

तपाईको प्रतिक्रिया