रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितहरुले गुनासो

saudi_arabपुष ९ साउदी अरब – साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् ।

आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पनि पहल नभएको बताएका छन् ।

पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक आग्रह गरे पनि दूतावासले सुनुवाइ नगरेको बताए । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी)मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो । रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती कामदार एक वर्षदेखि बन्दी जीवन विताउन बाध्य भएका हुन् ।

उद्धारका लागि पटकपटक दूतावासलाई आग्रह गरे पनि दूताबासले बेवास्ता गरेको बन्दी जीवन बिताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गरे , आजको नागरिक दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया