Nigeria Explosion
फाइल फोटो

पुष ९ एजेन्सी । नाइजेरियाको सेनाले तीन सय जना शिया मुसलमानको हत्या गरेको सामूहिक चिहान फेला गरेको छ।नाइजेरियाको उत्तरी शहर जरियामा भएको भिडन्तमा यस्तो घटना भएको बताइएको छ ।मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्लुका अनुसार तीन सय भन्दा धेरै शिया मुसलमानको शव एउटै चिहान भेटिएको हो ।यो घटना सार्वजिक भएपछि विश्वभरी सिया मुसलमानको विरोध जनाएका छन । तर नाइजेरियाको सेनाले भने यस्तो हत्या नगरेको दाबी गरेको छ ।सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राबे अबुबकरले सेनाले शिया समुदायका मात्रै नभएर अरु कुनै समुदायका मानिसको हत्या नगरेको बताएका छन ।यो घटनाको स्वतन्त्र न्यायीक छानविन गर्नुपर्ने एचआरडब्लुको माग गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया