taxi-fire

पुष ९ रौतहट । बिहिबार बिहान रौतहटको सरमुजवा–६ स्थित बङ्कुलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिपमा आगजनी गरेका छन् ।बिआर ०१ पिए ६७९८ नम्बरको भारतीय बोलेरो जिपमा राति ९ बजे भारतिय बजारबाट ५०० लिटर डिजेल बोकेर आएको सो जीपलाइ मोर्चाका कार्यकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।बन्दको मौका छोपी तेल तस्करी गरेको भन्दै मोर्चाका कार्यकर्ताले जिपमा आगजनी गरेका थिए । जिप पूर्णरुपले नष्ट भएको छ ।

आगजनी गरेको खबरपछि प्रहरीले घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । जिपमा आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया