sh

पुष ९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रले एकपछि अर्को गर्दै बद्नाम कमाउँदै गएको छ । चलचित्र क्षेत्रमा यौन व्यवसाय हुन्छ भनेर आरोप लागिरहेका बेला त्यसलाई बल पुग्ने गरी केही घटना र दृश्य सार्वजनिक भएका छन् । ती घटना र दृश्य हेर्ने हो भने तपाई हाम्रा चेलीहरू कुन कार्यमा लागेका रहेछन् भन्ने स्पष्ट हुन्छ । चलचित्रको बजार काठमाडौंमा यस्तो कार्य मौलाएको छ ।

यो कार्य गर्नेमा कला क्षेत्रमा लागेका नाम चलेका कलाकारदेखि सामान्य स्पोट व्यवसायसम्मका छन् । शर्ट फिल्म खेल्ने बहानामा युवतीहरूले पैसा लिएर यौनजन्य कार्य गर्ने र आफू कलाकार हुँ भन्दै यौनव्यवसायमा लाग्ने गरेको कलाकारहरूले बताउने गरेका छन् । अहिले यौनजन्य क्रियाकलाप वा यौनव्यवसायमा सक्रिय युवायुवतीहरूले शर्ट फिल्मको नाममा त्यस्तो धन्दा गर्ने गरेको पत्ता लागेको हो ।

शर्ट फिल्म बनाउन उनीहरूले कुनै पनि निकायसँग अनुमति लिँदैनन् । बरु आफू मनपरि गेष्टहाउसका कोठा, आफ्नै काठोहरू प्रयोग गरेर शर्ट फिल्म बनाइ सामाजिक सञ्जाल यूट्युवमा राख्ने गरिएको तथ्य फेला परेको छ । अहिले नेपाली शर्ट फिल्मका नाममा यूट्युवमा छ्यापछ्याप्ती हेर्न पाइन्छ । ती कलाकारहरूका दृश्य अत्यन्तै भद्दा र यौन जन्य हुने गरेका छन् । आफ्ना बक्षस्थल देखाउने, तीघ्रा देखाउने, नाङ्गै यौनजन्य कार्य गर्दै गरेका दृश्य राख्ने ती शर्ट फिल्मको माग पनि बजारमा रहेको त्यो व्यवसायमा संलग्नहरूको भनाइ छ ।

यसलाई रोक्नका लागि समयमा चलचित्र विकास बोर्डदेखि चलचित्र कलाकार संघ नलाग्ने हो भने यसले बिकृत रुप लिने देखिन्छ । यही शर्ट फिल्मका नाममा मौलाएको नेपाली चलचित्र क्षेत्रको यौन व्यवसाय भयाबह अवस्थामा पुग्ने एक कलाकारले बताए । उनले भने–‘शर्ट फिल्मका नाममा फैलिएको यौन व्यवसाय र क्रियाकलापले राम्रा कलाकारको पनि बद्नाम हुँदैछ । यो बिकृतिलाई सरोकारवाला निकायले समयमा रोक्न ध्यान दिनुपर्छ ।’ शर्ट फिल्मको दुरुपयोग हुन थालेकोमा राज्य बेखबर रहेको कलाकारहरूको आरोप छ ।माइन्युजनेपालबाट

तपाईको प्रतिक्रिया