riksaवीरगन्ज,पुस १० : हामी गरिब मान्छे । घरधनीले कोठाभाडा नलिई मान्दैन । ग्यास सकिएको छ । १८ रुपैयाँ किलो दाउरा किनेर पकाउनुपरेको छ,’ बर्दिबासबाट रिक्सा चलाउन वीरगन्ज आएका राजु कार्कीले भने, ‘हडताल भएयता कमाइ भएकै छैन । जसोतसो एक छाक मात्रै खाना खाने गर्‍या छु ।’
चार महिनादेखि जारी मधेस आन्दोलनको सबैभन्दा बढी मारमा रिक्साचालक परेका छन् । मधेसी दलको बन्द, हड्ताल र भारतको नाकाबन्दीका कारण बजारमा यात्रुको चहलपहल छैन ।
मान्छे नै नभएपछि रिक्साचालकको कमाई स्वात्तै घटेको छ । बेलाबेलामा भइरहने प्रदर्शनका क्रममा आन्दोलनकारीको निशानामा पनि उनीहरु नै पर्ने गरेका छन् । ‘जो होचो उसकैका मुखमा घोचो भनेजस्तै व्यवहार गरेका छन् ।.
आन्दोलनकारीले,’ रिक्साचालक सुनिल सोनारले भने, ‘हामी गरिब मान्छे । हडतालमा जसोतसो गरेर बालबच्चा पालिरहेका छौं । यो पनि देखिसहँदैनन्। सडकमा रिक्सा लिएर आउँदा आन्दोलनकारीले रिक्साको हावा फुस्काइदिन्छन्। हातपात गर्छन् । दुःख दिन्छन् ।’
वीरगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वीगन्ज नगर क्षेत्रमा चार हजार ६ सय रिक्सा छन् ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया