christmas_1पुस १० काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव, शुक्रबार देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।

उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्ष अघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घका महासचिव सिबी गहतराजले जानकारी दिनुभयो ।

क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिसमसको अवसरमा शुभकामना सन्देश दिँदै यस्ता चाडपर्वले सामाजिक एवं पारिवारिक जमघटसँगै आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न योगदान पुर्‍याउने उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया