Bidhya-Bhandari-1पुस १० काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान्पर्व क्रिसमसका अवसरमा शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले क्रिसमस पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य आपसी सद्भाव एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर जुटाइ सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न योगदान पु¥याउने उल्लेख गर्नुभएको छ ।

आजै राष्ट्रपति भण्डारीले किराँत जातिको महान्पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत जाति नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य आपसी सद्भाव एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउनुका साथै सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले किराँत जातिको यस महान्पर्व मनाउन जसरी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरी समृद्ध राष्ट्रनिर्माणमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

– See more at: http://purbelinews.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/#sthash.KvtPNUyT.dpuf

तपाईको प्रतिक्रिया