rajendra_mahato tauko

पुष ११ विराटनगर। शनिबार दिउँसो जोगबनी नाकामा धर्ना दिन गएका सद्‍भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको टाउकोमा चोट लागेको छ ।जोगबनी नाकामा धर्नामा बसेका महतोसहितका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । नाकामा झडप भएपछि भारतीय भूमितर्फ भागेका महतोसहित मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हस्तक्षेप गर्दा महतोको टाउकोमा चोट लागेको हो ।

शनिबार दिउसो संयुक्त मधेसी मोर्चाको एक घटकको नेतृत्वकर्ता महतोको नेतृत्वमा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेका मोर्चा कार्यकर्ताले दशगजामा बसेर नाका अवरुद्ध गरेपछि दिउँसो जोगबनी नाका तनावग्रस्त बनेको थियो ।एसएसबीको हस्तक्षेपका कारण महतोको टाउको र खुट्टामा चोट लागेको छ । अहिले महतोको विटानरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

rajendra_mahato tauko1

विराटनगरको रानीस्थित भन्सार नाकालाई मोर्चाका कार्यकर्ताहरुले आज अपराह्न ४ः१५ बजे धर्नामा बसेर अवरोध गर्न खोज्दा सो झडप भएको थियो । प्रहरीले धर्नामा नबस्न सम्झाउने क्रममा मोर्चाका कार्यकर्ताद्वारा ढुङ्गामुढा प्रहार भएपछि अवस्थालाई साम्य पार्न प्रहरीले दुई राउन्ड अश्रुसेल प्रहार गरेका थिए । त्यसपछि मोर्चाका कार्यकर्ताहरुले सीमापारिबाट ढुङ्गामुढा गरेको र भारतको सीमा सुरक्षा बलले पनि मोर्चाका कार्यकर्तालाई धपाउनका लागि बल प्रयोग गरेका थिए ।

rajendra_mahato tauko2

राजेन्द्र महतोको टाउको फुटेको सम्बन्धमा ढुङ्गामुढाका कारणले वा भारतीय सीमा सुरक्षा बलको लट्ठी प्रहारबाट भएको हुनसक्ने तर नेपाल प्रहरीबाट नेता महतोमाथि प्रहार नभएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताए । राजेन्द्र महतो भारतीय क्षेत्रबाट शनिबार अपराह्न रानी विराटनगरमा प्रवेश गरेका थिए ।उक्त घटनामा पाँचजना मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए ।साभार : नयापेजबाट

rajendra_mahato tauko3

तपाईको प्रतिक्रिया