pepsi-ceo-car-torched

११ पुष काठमाण्डौ। शनिबार बिहान पेप्सी बहुराष्ट्रिय कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोहित कोलीको गाडीमाथि आगजनी गरिएको छ।आज बिहान साढे नौ बजे राजधानीको गल्फुटारस्थित उनको निवासको कम्पाउन्डबाहिर पार्किङ गरिराखिएको कारमा एक अज्ञात ब्यकतिले आगो लगाएर भागेका हुन्।

बिहान एकजना व्यक्तिले पहिला बोतलमा पेट्रोल हालेर गाडी नजिकै फालेको र पछि चुरोट सल्काएर फालेर आगो सल्काएर भागेको सिइओ कोहलीले बताए।‘हामीले नचिनेको मान्छेले बोलतमा पेट्रोल हालेर गाडीमा फाल्यो,’ उनले भने,  ‘अनि त्यो पेट्रोल सल्काउन चुरोट बालेर फाल्यो। अनि पेट्रोल सल्किहाल्यो।’

बा ८ च ८३६६ नम्बरको हुन्डाइ टक्सन कार आगलागीले आंशिक क्षति भएको छ। स्थानीयले आगो लागेको देख्नेवित्तकै निभएका थिए।,’ उनले भने, ‘स्थानीयहरुको सहयोगले गाडी धेरै क्षति भने हुन पाएन।’प्रहरी घटनाबारे खोजविन गरिरहेको छ।

तपाईको प्रतिक्रिया