© Copyright 2015 Corbis Corporation

११पुष।इन्टरनेट जाएन्ट गुगलले नया स्मार्ट मेसेजिंग एप बनाइरहेको छ । वालस्ट्रिट जर्नलका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स नामक अत्याधुनिक पहिचान प्रविधिले युक्त उक्त स्मार्ट मेसेजिंग एपको सहायताले फेसबुकको मेसेन्जरका साथै ह्वाट्सएपलाई समेत पछार्ने लक्ष्य गुगलको छ ।गुगलको उक्त मेसेजिंग एप मार्फत प्रयोगकर्ताहरुले एक अर्कालाई टेक्स्ट पठाउन सक्नेछन् र च्याटबोटको प्रयोग पनि गर्न सक्नेछन् । च्याटबोट भनेको यस्तो कम्प्युटर प्रोग्राम हो जसबाट कुनै प्रश्नको उत्तर खोज्नका लागि इन्टरनेट वा अन्य श्रोतको प्रयोग गर्न सकिन्छ ।

यो एपबाटै प्रयोगकर्ताहरुले सिधै गुगलमा आफुले सोधेको प्रश्न सोध्न सक्नेछन् र उत्तर प्राप्त गर्न सक्नेछन् । कुनै प्रश्नको उत्तर खोज्नका लागि च्याटिंग बन्द गरेर सर्च इन्जिनमा सर्च गर्नुपर्नेछैन ।

यो मेसेजिंग एपबाट गुगलले वास्तवमा एक पन्थ दुइ काज गर्न खोजेको छ । एकातर्फ उसले प्रयोगकर्ताको गुगल सर्च इन्जिनका प्रयोगकर्ताको संख्यालाई अझै बढाउन चाहन्छ भने अर्कोतर्फ मेसेजिंग एपमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ ।यद्यपि गुगलको यो नयाँ एप कहिले आउने भन्ने बारेमा भने केही खुलाइएको छैन र गुगलले यस बारेमा केहीपनि प्रतिक्रिया जनाएको छैन ।

गुगल प्लस, गुगल ह्यांगआउट तथा गुगल मेसेन्जरलाई प्रयोगकर्ताले खासै मन नपराएको अवस्थामा गुगलको नयाँ एपप्रतिको आकर्षण कस्तो रहने हो, त्यो भने भविष्यले नै देखाउला ।गुगलका वरिष्ठ अधिकारी निक फक्स सहितको टिमले नयाँ स्मार्ट मेसेजिंग एपको निर्माणमा तिब्र रुपमा काम गरिरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया