saff footballपुस १२ काठमाडौँ ।दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारत बीचको खेल आज हुदैछ ।  भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आज साँझ आफ्नो समूहको अन्तिम खेल भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।उद्घाटन खेलमा श्रीलंकासँग नेपाल १–० गोल अन्तरले पराजित भएकाे थियाे । नेपालले अन्तिम समयमा लय गुमाउदा आफ्नै गल्तीमा गोल खाएको थियो । त्यस्तै, भारतले श्रीलङ्कामाथि २–० को स्पष्ट नतिजा निकाल्दै समान तीन अङ्क जोडेर गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा छ ।आज काे खेलमा भारतलाई हराउँदा मात्र नेपालले सेमिफाइनल यात्रा सुरक्षित गर्नेछ । हार वा बराबरीमा रोकिए नेपाल समूह चरणबाटै बाहिरिने छ । सन् २०१३ मा भएको साफको समुह चरणमा नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यसपछि भारतसँग खेलेका कुनै पनि खेलमा नेपाल विजयी भएको छैन । प्रतियोगिताकै दाबेदार मानिएको टोली भारतलाई उसकै मैदानमा हराउन नेपाली खेलाडीलाइ निकै मुस्किल पर्ने छ ।

 

तपाईको प्रतिक्रिया