rajendra mahato१२ पुष विराटनगर । भन्सार नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ धर्नामा बसेपछि प्रहरीसँग झडप हुँदा उनी घाइते भएका थिए ।विराटनगरस्थित गोल्डेन अस्पतालको सघन उपचार कक्षमा शनिबार बेलुकी भर्ना भएका उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया