Sleeping-Man

पुष १२। पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । कतिपय महिला यस्तो अवस्थामा आफ्नो पति वा यौन साथीलाई कुनै रोग त छैन भनी सोच्न बाध्य हुन्छन् । तर यसमा डराउनु पर्दैन । किनकी सबै पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । तर,सेक्स पछि किन निद्रा लाग्छ कमै मानिसलाई थाहा होला । सेक्स पछि पुरुषमा अक्सिटोसीन र प्रोलेक्टिन नामको हाम्रोन उत्पादन हुन्छ । जसले निद्रा लगाउँछ । यो मात्रै कारण होइन । निद्रा लाग्ने अन्य कारण पनि छन् ।

यस्ता छन् अन्य कारण :
सेक्स पछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हम्रोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । तर महिलाहरु सेक्स पछि तुरुन्तै निदाएको मन  नपराउन सक्छन् । सेक्स पछि निदाउने बानीलाई नियन्त्रण भने गर्न सकिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्स पछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् ।  नियमित सेक्स गर्ने मानिसहरु स्वस्थ रहने बिभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । तर त्यसका लागि सेक्स स्वस्थ हुनुपर्छ ।स्वास्थ्यखबरबाट

 

तपाईको प्रतिक्रिया