bhukampa-chapro-430x316सिन्धुपाल्चोक, पुस १३ । ठिहीले अस्थायी टहरोभित्र कठ्यांग्रिएर शनिवार हिमाली गाउँ गुन्सा ७ का ८० बर्षीय जंग गोलेले प्राण त्यागे । दमका पुराना रोगी उनलाई तुसारो बोकेर आउने लेकाली सिरेटोसँगै लिएर गयो ।शीत चुहिने र स्याँठ छिर्ने अस्थायी टहरोको बासले दम बढेपछि उनी दुई महिनाअघि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए ।‘दमको घाउमा ठन्डीले हिर्कायो, गाविस सचिव रामप्रसाद न्यौपानेले भने–चिसोबाट जोगाउन सकेको भए उनी केही वर्ष अझै बाँच्थ्ये।’ पश्चिमी ज्यामिरे गाउँका इन्द्रराज खड्का ६ देनिदेखि आमाको किरियामा छन् ।टहरोमा बस्न थालेदेखि सुरु भएको दम र खोकीले च्याप्दै लगेपछि उनी ७० वर्षीया आमा विष्णुकुमारीले यो मिनपचास काट्न सकिनन् । मंगलवार विहान नहावरी श्रीमानको एकछाकी बसेकी उनी घाममा शरीर सेकाउँदा सेकाउँदै गइन् । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया