Kp-Oli-2१३ पुष काठमाडौं । सत्तारुढ गठनबन्धनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको छ।सरकार गठन भएको लामो समयसम्म पनि देशले सामना गर्दै आएका प्रमुख समस्या समाधान गर्न प्रभावकारी कदम नचालेको भन्दै असन्तुष्टि बढेको हो।

ओली सरकार गठन हुनुअघि नै सुरु भएको मधेस आन्दोलनलाई समाधान गर्न प्रयास नभएको, भारतसँग नाकाबन्दी खुलाएर समस्या समाधान गर्न प्रभावकारी काम नगरेको, कालोबजारी नियन्त्रण गर्न असफल भएको, भूकम्पपीडितलाई राहत दिन नसकेको, सत्ता टिकाउन मन्त्रालय विभाजन गरेको र मन्त्रिपरिषदको आकार ठूलो बनाएकोमा आलोचना सुरु भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको जारी बैठकमा सरकारबाट बाहिरिनुपर्ने पक्षमा सदस्यहरूले आवाज उठाएका छन् भने सोमबार प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।यसअघि संसदमा तीन स्थान रहेको नेकपा संयुक्तले जनताको चाहानाअनुसार काम गर्न नसकेको भन्दै सरकारबाट समर्थन फिर्ता लिइसकेको छ।सत्ता गठबन्धन सहयोगी दल मात्रै नभएर सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र पनि असन्तुष्टि बढेको छ।

यसरी असन्तुष्ट हुनेमा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक कार्यक्रममै सरकारको कार्यशैलीलाई लिएर आलोचना गरेका छन्।सत्ताको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र पनि सरकारका कार्यशैलीप्रति असन्तुष्टि देखिएको छ। सचिव योगेश भट्टराईले एक्लै चल्न खोज्ने प्रधानमन्त्रीको शैलीका कारण अहिले समस्या देखिएको भन्दै पछि पनि एमालेका नेताहरू सिंहदरबार र बालुवाटार जानेगरी काम गर्नुपर्ने बताए । नागरिक दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया