Grabbed Frame 43

इनरुवा पुष १३/दुर्घटनामा परी भारतको दिल्लीमा उपचारर्थ शिक्षक बिरेन्द्र यादवको उपचारका लागि इनरुवामा संचालित नीजि विद्यालय सँगठन यूपियसले आर्थिक सहयोग उपलब्ध गराएको छ ।इनरुवा ५ मा स्थित रहेको निर्मला मेमोरियल वोर्डिगं स्कुलका शिक्षक समेत रहेका यादवको उपचार सहयोगका लागि यूपियसमा आवद्ध विद्यालय र शिक्षकबाट संकलित १ लाख ८४ हजार ४ सय १५ रुपैया परिवारलाई हस्तान्तरण गरिएको हो । प्याब्सन सुनसरीका उपाध्यक्ष बिष्णु कोईराला सहित यूपियस इनरुवाका अध्यक्ष सरोज वराल लगायत शिक्षकहरुको टोलीले विभिन्न विद्यालयबाट संकलन गरेको सहयोग रकम विरामी शिक्षकको परिवारलाई बुझाएको हो ।

इनरुवा ३ स्थित सडक छेउमा रिंगटा लागि लडेका शिक्षक यादवको अवस्था गम्भिर देखिएपछि इनरुवा अस्पतालमा उपचार सम्भव नभएपछि गोल्डेन हस्पिटल विराटनगर लगिएको थियो । विराटनगर हुँदै काठमाण्डौं सम्म उपचारका लागि पुरयाइएपनि दिल्ली जान चिकित्सकले सुझाव दिएपछि यतिवेला उनको दिल्ली स्थित रहेको बिएलके हस्पिटलमा उपचार भैरहेको छ । उचापचारका लागि २५ लाख बढी खर्च लाग्ने भएपनि कमजोर आर्थिक अवस्थाको यादवको परिवारले अन्य सहयोगी हातहरुबाट समेत उपचार सहयोगको अपेक्षा गरेका छ ।

तपाईको प्रतिक्रिया