tod fod१३ पुष सप्तरी। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले यात्रुवाहक एउटा बसमा तोडफोड गरेका छन् ।मोर्चाका कार्याकर्ताले राजविराजबाट काठमाडौँ जाँदै गरेको ना५ख २८२ नं को बसलाई राजविराज–रुपनी सडकखण्डअन्र्तगत पाँच किलो भने ठाउँमा तोडफोड गरेका हुन् ।तोडफोडबाट बसको अगाडिको सिसा फुट्नुका साथै सप्तरीको शारस्वर–५ निवासी बस चालक महेन्द्रप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया