Goldकाठमाडौं, १४ पुस । न्युरोडको सुनचाँदी पसलबाट आइतबार राति करिब दुई किलोबराबरको सुनको गहना चोरी भएका छन् । चोरले साँचो नै चोरी गरेर सटर फोडेको हो ।न्युरोडस्थित न्यू लक्ष्मी सुनचाँदी पसलमा चोरी भएको हो । बुद्धनगर बस्ने विष्णु रिजालले सञ्चालन गरेको उक्त पसल घरबाटै साँचो चोरी गरी फोडिएको प्रहरीले जनाएको छ । पसल चोरीमा उनका आफन्त नै संलग्न भएको प्रहरी आशंका छ । सञ्चालक रिजालले सुरुमा दुई किलो बराबरका सुनका गहना चोरी भएको जनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया