gas-400x400हाइड्रोलिक टेस्ट नभएका १० लाख सिलिन्डर बजारमा

काठमाडौँ, पुस १४ । केही ग्यास उद्योगको लापरबाहीका कारण उपभोक्ताले बमजस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलासा भएको छ । उद्योगले तोकिएको समयमा गर्नु पर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तामा जोखिम बढेको हो ।

एकातिर तोकिएभन्दा कम ग्यास राखेर बजारमा सिलिन्डर पठाउँदा उद्योगलाई नाफा हुने र हाडइड्रोलिक गर्न लाग्ने खर्च जोगिने भएपनि धेरै उद्योग त्यस्तो धन्दामा लागेका छन् । ५६ वटा ग्यास उद्योगमध्ये १९० वटा जति उद्योगले नियअनुसार सिलिन्डर हाइड्रोलिक परीक्षण गर्ने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ ।

बाँकी सबै कम्पनीको सिलिन्डर पिँधमा २ केजी भन्दा बढी लेदो छ । सोही लेदोमाथि नयाँ ग्यास राखेर पठाउँदा उपभोक्ता ठगीमा परेका हुन् । स्रोतका अनुसार डाइड्रोलिक गर्नु पर्ने १० लाख सिलिन्डरमा आधा ग्यास भरेर पठाइएको छ । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ।

 

तपाईको प्रतिक्रिया