uml neta htya

(तस्बिर : अनेरास्वियुका केन्द्रिय सचिवालय सदस्य आरती लामाको फेसबुकबाट )

१४ पुष सर्लाही।‘मर्निङ वाक’मा हिडेका नेकपा एमालेका नेता रामनरेश यादवको हत्या गरिएको छ। यादव  एमालेका सर्लाहीका पुराना कार्यकर्ता हुन् । उनले हेमपुर गाविसका अध्यक्ष र जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए ।उनी हाल जिल्ला कमिटी सदस्य थिए ।हेमपुर–८ मा यादवलाई धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले बताए।‘धारिलो हत्यार प्रहारबाट यादवको मृत्यु भएको छ,’ ढकालले भने, ‘सुनसान ठाउँमा बिहानै यादवको हत्या भएको छ।’ हत्याको कसले किन गरेको हो खुल्न सकेको छैन।

 

 

तपाईको प्रतिक्रिया