nepal-china-काठमाडौं , १५ पुस । चीनले १० मिलियन चिनियाँ युआन (१६ करोड रुपैयाँ) बराबरको इन्धन अनुदान सहायतास्वरुप नेपाललाई चाँडै उपलब्ध गराउने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन इन्धन संकट टार्न नेपाललाई थप इन्धन अनुदानस्वरुप उपलब्ध गराउने सहमति जनाएका हुन् ।

नेपाल सरकारले चीनलाई उक्त परिमाणको इन्धन उपलब्ध गराइदिन केही दिनमा औपचारिक प्रस्ताव पठाउने परराष्ट्रमन्त्रालयका अधिकारीले बताए । ‘नेपालले प्रस्ताव गरेलगत्तै केरुङ नाका हुँदै उक्त परिमाणको इन्धन काठमाडौं आइपुग्नेछ,’ ती अधिकारीले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया