sima pilarझापा, पुस १५ । झापा र भारतको विहार राज्य किसनगन्ज जिल्लासँग जोडिएका सीमा क्षेत्रका एक सय ६८ वटा साना ठूला सीमास्तम्भ हराएका छन् । नेपाल र भारत संयुक्त स्मिा टोलीले गरेको दुई साताको स्थलगत निरीक्षणका क्रममा सीमा स्तम्भ हराएको भेटिएको हो ।

टोलीले मोरङको सीमावर्ती क्षेत्रदेखि झापाको १०१ नम्बर पिलरसम्मको स्थलगत अध्ययन गरेको थियो । यसै साता भएको निरीक्षणका क्रममा सीमा स्तम्भ हराएका, भाँचिएका र दबीएका पाइएको नापी विभागले जनाएको छ ।

नापी विभागका प्रमुख अधिकृत सुशील डंगोलले दुर्इ साता लामो स्थलगत निरीक्षणका क्रममा एक सय ६८ वटा सीमा पिलर हराएको र मर्मत गर्न समेत नमिल्ने गरी भाँचिएको अवस्थामा फेला परेको बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया