विराटनगर। मोरङका एक किसानले आफुले पालेको गाई मरेको भन्दै काजक्रिया गरेका छन । आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार सम्पन्न गरेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको गत असोज २ गते बिहिबार मृत्यु भएको थियो ।

भखैरै व्याएको आठ दिनमात्र भएकोे लैनोगाईको मृत्यु भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रिया गरिएको गाई धनी हेमलाल पौडेलले बताए । उन्नत जातको होलेष्टन जातको गाई थियो गाई सुत्केरी भएको आठ दिनमै म¥यो हेमलाले भने । गाईको जुठो बार्न हेमलाका दाजु माधबप्रसाद पौडेलले बसेको थिए । उनले गाईको तीन दिने मृत्यु संस्कार गरेका हुन । गाई व्याएको आठ दिनका दिनमा मरे पछि हिन्दु संस्कार अनुसार तीन दिनसम्म काजक्रिया गरिएको काजक्रिया गर्न बसेका माधबप्रसाद पौडेलले बताए । व्याएको आठ दिनको दिन गाई मरे पछि अहिले बाछोलाई भैसींको दुध खुवाई राखिएको छ ।

तपाईको प्रतिक्रिया