काठमाडौँ । भारतको मध्यप्रदेशस्थित एक दर्जन उच्च कर्मचारी र ८ जना पूर्वमन्त्रीहरुमाथि छानविन सुरु गरिएको छ । यस क्षेत्रमा पछिल्लो समय बढ्दै गरेको ‘हनी ट्यापिङ’ अवैध धन्धामा संलग्न हुनसक्ने भन्दै उनीहरुमाथि छानविन थलिएको हो । यही साता प्रहरीले पाँच महिलालाई यही धन्धा गरेको भन्दै पक्राउ गरेको थियो । जस अन्तरगत उच्च अधिकारीहरुको एक हजार भन्दा धेरै सेक्स च्याट क्लिप्स, भिडियो, अडियो लगायत दस्तावेजमाथि छानविन भएको हो । पछिल्लो समय मध्यप्रदेशमा उच्च अधिकारी तथा राजनीतिज्ञहरुलाई लक्षित गरी हनी ट्यापिङ धन्धा फस्टाउँदै गरेपछि अनुसन्धान बढेको हो । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया