DSC02139

इनरुवा पुष १९ /
एकाएक नम्बरी जग्गाको रुख काटिएको भन्दै सुनसरीको लौकही गाविसमा दुई पक्षिय वीच विवाद बढेको छ ।
आफ्नो नम्बरी जग्गामा रहेको रुख काट्न पाउ भनि एक पक्ष्यले दावी गरीरहँदा अर्को पक्ष्यले समेत सो रुख आफ्नो नम्बरीमा पर्ने अडान लिएपछि दुवै पक्ष्यवीच विवाद चर्र्केको हो ।
सुनसरीको लौकही ५ मा रहेको कित्ता नम्बर ६ को १ कट्ठा ६ धुर बढी जग्गा आफ्नो नम्बरी भएको र आफुले लगाएका विभिन्न जातका रुखहरु जिल्ला वन कार्यालयको कटान आदेशमा अर्को पक्ष्यले काटि दिएको भन्दै उजुरी परेपछि सो विवाद चर्कन पुगेको छ ।
स्थानीय सूर्यनारायण यादवले रातारात कटान गरी चोरीको प्रयास गरेको भन्दै कटान भएका रुख आफ्नो नम्बरी जग्गामा रहेको दावी सहित हरिकृष्ण साह सहितका दाजुभाईले सम्वन्धित निकायमा काठ चोरीको उजुरी समेत गरेका छन् ।
हरिकृष्ण, शिवनारायण र अनुग्रह साहले वषौं पहिला रोपिएका नम्बरी जग्गा भित्रको रुख रातारात काटिनु शंकाष्पद भएको बताएका छन् ।
आफुहरुसँग काजगी प्रमाण रहेको दाबी गर्ने साह दाजुभाईले वन कर्मचारी सँगको मिलेमतोमा इलाका वन कार्यालय महेन्द्रनगरबाट सूर्यनारायण यादवले रुख कटानी आदेश लिएर रुख काटेको आरोप लगाएका हुन् ।
रातारात सिमल, पिपल, सिरिष लगायतका पुराना र हालसालैका रुखहरु काटिएपछि आफ्नो जग्गा नम्बरी भएको दावी गर्ने साह दाजुभाईले प्रहरी र वन कार्यालयमा उजुरी गरेका छन् ।
उता इलाका वन कार्यालय महेन्द्रनगरले ममता देवी मण्डलको नम्बरी जग्गामा रहेको भनि रुखहरु काट्न दिएको आदेश पुर्जि बमोजिम आफुहरुले रुख कटान गरेको सूर्यनारायण यादवले दावी गरेका छन् ।
दुवै पक्ष्यले आफ्नो भनि दावी गरेको नम्बरी जग्गाको विवाद बढेपछि कटान भएको रुख कस्को भन्ने छानविनका लागि टोली खटाइएको जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ । कार्यालय प्रमुख राजेन्द्रप्रसाद निरौलाले रुख कटान पछि विवाद आएकोले सम्वन्धित इलाका कार्यालयलाई छानविनको निर्देशन दिएको बताए । उनले पहिलो पक्ष्यले रुख कटान आदेश लिएसँगै कटानी गर्ने क्रममा अर्को कित्तामा पर्ने रुख काटिएपछि विवादको सीर्जना भएको बताए ।

तपाईको प्रतिक्रिया