2016-awaited-films
बलिउडमा २०१५ थुप्रै उतार चढावका साथ वित्यो । अब सबैको नजर २०१६ मा केन्द्रीत भएको छ । यो वर्ष चर्चित कलाकारहरुको ठूलो फिल्म आउँदैछन्, जुन दर्शकको प्रतिक्षाको समेत हो ।
यो वर्षको सुरुवात ‘वजीर’ र ‘एयर लिफ्ट’ जस्ता धमाकेदार फिल्मबाट हुनेछ । ‘वजीर’मा अभिनेता फरहान अख्तर र अमिताभ बच्चन पहिलो पटक एकसाथ देखिनेछन् । अक्षयकुमार अभिनित फिल्म ‘एयर लिफ्ट’ एक सत्य घटनामा आधारित फिल्म हो, जसको ट्रेलरको दर्शकले निकै प्रशंसा गरेका छन् ।
यसपछि पालो आउँछ तीन खानको । बलिउडका बादशाह शाहरुख खानका फ्यानहरुलाई खुसीको खबर यो छ कि यो वर्ष उनको दुई फिल्म आउँदैछ ।
पहिलो हो यशराज ब्यानरमा बनेको ‘फैंन’, जुन अप्रिल २०१६ मा रिलिज हुनेछ । उनको दोस्रो फिल्म ‘रईंस’ हो । यो ईदको अबसरमा रिलिज हुनेछ । यो फिल्मबाट पहिलो पटक नवाजुद्दीन सिद्दीकी शाहरुख खानसँगै देखिनेछन् ।
तर, ईदमा शाहरुख र सलमानको भिडन्त हुन सक्छ । शलमानलको ‘सुल्तान’ पनि त्यही बेला रिलिज हुनसक्छ । तर, अहिलेसम्म ‘सुल्तान’को रिलिज डेट तय भएको छैन ।
‘सुल्तान’मा सलमान खान एक पहलमानको भूमिकामा हुनेछन् । जसका लागि कडा मेहनत गरेका छन् । यो फिल्मको निर्देशन २०१४ मा आएको ‘गुन्डे’ का निर्देशक अली अब्बास जफरले गर्नेछन् ।
यसैगरी परफेक्शनका लागि चिनिएका आमिर खानको ‘दंगल’ पनि २०१६ मा नै रिलिज हुनेछ । यो फिल्ममा आमिर पहलमान महावीर फोगाटको भूमिकामा हुनेछन् ।
महावीर भारतका अन्तराष्ट्रिय पहलमान गीता र बबीताका पिता हुन् । यो फिल्मको निर्देशन ‘भूतनाथ रिटन्र्स’का निर्देशक नितीश तिवारले गरिरहेका छन् । आमिरले आफ्नो फिल्म क्रिसमसको अबसरमा रिलिज गर्ने योजना बनाइरहेको बताइएको छ ।
यसका साथै फरक ढंगको फिल्म बनाउने निर्देशक आशुतोष गोवारिकर ५ वर्षपछि फिल्म लिएर आउँदैछन् भने ऋतिक रोशन अभिनित फिल्म ‘मोहनजोदडो’ यस वर्षको अगष्टमा रिरिज हुनेछ ।
निर्देशक करन जोहर तीन वर्षपछि निर्देशनमा उत्रिएका छन् । ‘स्टुडेन्ट अफ दि ईयर’ पछि करण ‘ए दिल है मुश्किल’को निर्देशन गरिरहेका छन् । यसमा ऐश्वर्या राय, रणवीर कपुर र अनुष्का शर्माको मूख्य भूमिका छ । यो फिल्म तिहारमा रिलिज हुने सम्भावना छ ।
अजय देवगनको महत्वकाक्षी फिल्म ‘शिवम’ छ । तिहारकै अवसर पारेर रिलिज हुने यो फिल्मको निर्माण, निर्देशक र अभिनेता तीनै भूमिकामा अजय आफैं छन् ।
एयरलिफ्ट बाहेक अक्षयकुमारका दुई फिल्म रुस्तम र हाउसफुल ३ पनि २०१६ मा नै रिलिज हुनेछ । विशाल भारद्वाजको फिल्म ‘रंगून’, करिना कपुर र अर्जुन कपुर अभिनित ‘की एण्ड का’ माथि पनि दर्शकहरुको नजर रहनेछ ।
‘पा’ का निर्देशक आर बल्किको निर्देशनमा बनेको यो फिल्ममा जया र अमिताभच बच्चनको गेष्ट रोल छ । सनी देओल लामो समयपछि आउँदैछन् । उनी १९९० मा सुपर हिट भएको फिल्म ‘घायल’को सीक्वेल ‘घायल रिटर्न्स ‘को निर्देशन गर्दैछन् ।

तपाईको प्रतिक्रिया