Gas

२१ पुस, बिराटनगर / बिराटनगर क्षेत्रमा फस्टाइरहेको इन्धन एव पेट्रोलियम पर्दाथको कालोबजारी रोक्न प्रहरी सक्रिय भएको छ ।

भारतसँग सीमा जोडिएका नाका तथा बिराटनगर क्षेत्रमा ग्यास तथा इन्धनको कालोबजारी मैलाएको समाचार प्रकाशित भएपछि प्रहरीले आफनो सक्रियता बढाएको हो ।

प्रहरीले सोमबार साँझदेखि थालेको कालोबजारी नियन्त्रण अभियानमा ठूलो मात्रामा पेट्रोलियम पदार्थ बरामद भएको छ भने त्यसमा संलग्न एक दर्जन भन्दा बढी पक्राउ परेका छन् ।

प्रहरीले सोमबार साँझदेखि मंगलबार बिहानसम्म ९ हजार ५ सय ८५ लिटर कालोबजारीको डिजेल नियन्त्रणमा लिएको मोरङका प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले जानकारी दिए । त्यस्तै ६ सय ६२ लिटर पेट्रोल, १ सय ५० लिटर मट्टतिेल र १ सय ७१ वटा ग्यास सिलिण्डर पनि बरामद भएको छ ।

अवैध रुपमा ग्यास र इन्धनको कालोबजारी गर्ने माथि प्रहरीले निगरानी वढाएको मोरङका खरेलले जानकारी दिए । उनका अनुसार पेट्रोलियम ओसार्ने तीन वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । गाडीसँगै गाडी चालक र मालिक पनि नियन्त्रणमा लिइएको खरेलले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया