Pranav-Dhanawade-1
२१ पुस, काठमाडौं । भारतमा एक स्कुले किशोरले विस्फोटक ब्याटिङ गर्दै १००९ रन बनाएका छन् ।
मुम्बईको स्कुल क्रिकेटको यू-१६ प्रतियोगितामा १५ वर्षका प्रणव धनावडेले ३२३ बलमा अविजित १००९ रन बनाएका हुन् । ६ घन्टा ३५ मिनेटसम्म क्रिजमा रहेका उनले ५९ छक्का र १२९ चौका हाने ।
आर्य गुरुकुल स्कुलविरुद्धको खेलमा केसी गान्धी स्कुलले ३ विकेटको क्षतिमा १४५५ रन बनाएर पारी समाप्तीको घोषणा गरेको थियो ।
मुम्बई क्रिकेट एशोसिएसनद्वारा आयोजित ‘एचटी भण्डारी कप इन्टर स्कुल क्रिकेटमा प्रणवले सोमबार १९९ बलमा ६५२ रन बनाएका थिए । सिद्धेश पटेल १०० रनमा क्रिजमा थिए । प्रणवले सोमबार नै मुम्बईका पृथ्वी शाको ५४६ रनको रेकर्ड तोडेका थिए ।
प्रणव ब्याट्सम्यान विराट कोहलीलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् र विभिन्न चार प्रतियोगितामा सर्वाधिक रन बनाएर अवार्ड जितिसकेका छन् । उनका बुबा ठाणेमा अटो रिक्सा चलाउँछन् ।
स्कुल क्रिकेटमा सचिन तन्दुलकर-विनोद कांबलीको रेकर्ड अरमान जाफर-सरफराज खानले तोडेका थिए । त्यसलाई पृथ्वी शाले तोडे । अब उनको रेकर्ड तोड्दै प्रणवले आफ्नो नाममा लेखाएका छन् ।

तपाईको प्रतिक्रिया