New-Zealand

२१ पुस, काठमाडौं । पाँचौ एकदिवसीय क्रिकेटमा ३६ रनको जित हात पार्दै न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको सिरिज ३-१ ले जितेको छ ।

पाँच म्याचको सिरिज २-१ को अवस्था रहँदा चौथो म्याच वर्षाका कारण रद्ध भएपछि अन्तिम खेल निणर्ायक बनेको थियो । मार्टिन गुप्टिलको शतकको मदतमा पाँचौ एकदिवसीयमा न्यूजिल्याण्डले श्रीलंकालाई ३६ रनले पराजित गरेको छ ।

न्यूजिल्याण्डले प्रस्तुत गरेको २९५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४७.१ ओभरमा २५८ रनमा अलआउट भयो । उसका लागि एन्जेलो म्याथुले ९५ रन बनाए भने दिनेश चण्डिमालले ५० रन जोडे ।

तर, अन्य ब्याट्सम्यान चल्न सकेनन् । यसलाई सस्तैमा समेट्ने क्रममा म्याट हेनरी एक्लैले ५ विकेट लिएन भने ट्रन्ट बोल्टले ३ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले गुप्टिलको शतकको मदतमा ५ विकेट गुमाएर २९४ रन बनाएको थियो ।

गुप्टिलले १०२ रन बनाए । १०९ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हाने । केन विलियन्सन र रोस टेलरले समान ६१-६१ रन बनाए ।

तपाईको प्रतिक्रिया