timthumb (1)

प्रियंका चोपडा स्टारर ‘मेरी कोम’ खेलेर बलिउडमा अभिनयका लागि तारिफ बटुलेका अभिनेता सुनिल थापा ‘राते काँइला’ अर्को एक बलिउड फिल्ममा अनुवन्धित भएका छन्। फिल्ममा उनी विपाशा बसुसँग देखिने छन्। ‘द गड मस्ट बि क्रेजी’को बलिउड रिमेक फिल्म ‘भाइ मस्ट बि क्रेजी’मा उनले अभिनय गर्न थालेका हुन्।

फिल्ममा विपाशा बसुसँगै बलिउड अभिनेता शाहिद कपुरका पिता पंकज कपुर, कमेडी नाइट्स विथ कपिल फेमका सुनिल ग्रोभर (गुत्थी), विजय राज लगायतका कलाकारहरुको अभिनय रहनेछ। फिल्मका निर्देशक विनय शर्माले फेसबुकमा एक स्टाटस लेख्दै शर्माले सुनिल थापा फिल्ममा अनुवन्धित भएको जनाएका हुन्। विनय  संजय दत्त अभिनित ‘जिला गाजियाबाद’का लेखक हुन्।

तपाईको प्रतिक्रिया