tamasha-photo

ए जवानी हे दिवानी’मा एकसाथ काम गरेका नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणले निर्मातालाई यो चलचित्रबाट ठूलो मुनाफा दिए । यसपछि, यो जोडीलाई लिएर चलचित्र बनाउँदा राम्रो रकम कमाइन्छ भन्ने आश वितरक र निर्मातालाई भयो ।
यी दुई जोडीको नाममा चलचित्र ‘तमाशा’मा करोडौ रकम लगानी गरियो । तर, समिक्षकबाट राम्रो तारिफ पाएको चलचित्रले कमाइमा भने कुनै चमत्कार गर्न सकेन । जसका कारण वितरक, निर्मातालाई राम्रै रकम घाटा लाग्यो ।
यूटीभी र साजिद नाडिएडवालालाई ठूलै रकम घाटा लागेपछि यसका कलाकारले आफ्नो दायित्व विर्सिएनन् । नायक रणवीर कपुरले यो चलचित्र घाटामा गएपछि १० करोड रुपैयाँ फिर्ता गरेको बलिउड संचारमाध्यमले जनाएका छन् ।
भारतको चर्चित अनलाइन द टाइम्स अफ इण्डियाका अनुसार रणवीरले १० करोड र नायिका दीपिका पादुकोणले नगद ५ करोड निर्मातालाई फिर्ता गरेका छन् । वितरकलाई ठूलो घाटा नहोस् भन्नका लागि दुई कलाकारले आफ्नो दायित्व पुरा गरेको जनाइएको छ ।
यस्तै, चलचित्र ‘बम्बे भेल्भेट’का निर्देशक अनुराग कश्यपले पनि निर्माण कम्पनी फक्स स्टार स्टूडियोलाई प्रोडक्शन कस्ट फिर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया