UML-Morang

२२ पुस, विराटनगर / नेकपा एमाले मोरङले पार्टी र नेताहरुलाई सात करोड दिएको सांसद राज्यलक्ष्मी गोल्छाको दाबीबारे छनविन गर्न समिति बनाएको छ । एमाले मोरङको वैठकले गोल्छाबारे छानविन गर्न उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा ६ सदस्यीय छानवीन समति बनाएको हो । समितिमा तारवहादुर काफ्ले, पारुल क्षेत्री, रामलाल शाह, मानवहादुर श्रेष्ठ र संगिता दाहाल सदस्य छन् । समितिलाई एक महिन भित्र प्रतिवेदन वुझाउन भनिएको छ ।

गोल्छाको विषयमा छानवीन गर्न यसअघि एमालेले केन्द्रवाट छानविन समिति वनाइस्केको अवस्थामा मोरङ कमिटीले पनि छुट्टै छानबिन गर्न लागेको हो ।बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले भने-चुनावको समयमा गोल्छासँग आधिकारिक रुपमा कुनै सहयोग मागेको देखिँदैन र उनले रकम दिएवापतको पार्टी कार्यालयको सहयोग रसिदमा अभिलेख समेत छैन ।’

जिल्लाको बैठकमा गोृल्छाको विषयमा गम्भिर छलफल भएको भन्दै उनले भने-छानबिनमा गोल्छा दोषी भएको पाइएमा पार्टीको विधान अनुरुप कारबाही गर्छौं ।’एमाले कोटावाट सांसद भएपनि गोल्छा पार्टीमा साधारण सदस्य समेत नरहेको वताइन्छ । पार्टीले राजीनामा दिन दबाव दिएपछि गोल्छाले विभिन्न नेताहरुको नाम लिँदै आफूले एमालेलाई ७ करोड बढी सहयोग गरेको दाबी गरेकी थिइन् । तर, केहीदिन अघि मात्र सुनसरीको इटहरीमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले पार्टीबाटै सांसद गोल्छालाई सम्मान गरेको थियो ।

 

तपाईको प्रतिक्रिया