12476329_990305774350683_562952020_n
इनरुवा पुष २३/
बाल विवाह न्यूनिकरणका साथै बालअधिकारको संरक्षण लगायतका विषयमा जिल्ला तहका महिला नेतृहरुसँग संवादको आयोजना गरिएको छ ।
युएन एफ पिए को सहयोगमा महिला तथा बालबालिका कार्यालय सुनसरीले जिल्ला स्थित रहेका राजनैतिक दलका अगुवा महिला नेतृहरुसँग संवाद गरेको हो ।
बालबिवाहका अलावा, दाइजो प्रथा, बालअधिकारको संरक्षण, किशोरी शिक्षा प्रजनन स्वास्थ जस्ता विषयमा केन्द्रित रहेर बहस चलाइएको थियो ।
सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक परिपाटीका साथै फितलो कानुनी व्यवस्थाका कारण बालबिवाह लगायतका किशोरी समस्या न्यूनिकरण हुन नसकेको विषयलाई कार्यक्रममा जोड दिइएको थियो ।
सहभागि महिला नेतृहरुका माध्यमबाट स्थानीय तहमा विद्यमान कुरीति र कुसंस्कार चिर्दै बालअधिकार संरक्षणका सवालमा सकारात्मक परिवर्तनको उद्येश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय प्रमुख मेरिना, श्रेष्ठ, सामाजिक विकास अधिकृत माया राई, युएनएपmपिएका काशी पोखरेल र अधिकारकर्मी रविन घिमिरेले महिला नेतृहरुलाई सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया