२५ पुष काठमाडौँ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।मोर्चाले यस अघि गर्दै आएको नाकाबन्दी, आमहडताल, कर अवज्ञा जारी राख्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।नयाँ आन्दोलनका कार्यक्रममा पुस जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन र विरोध सभा गर्ने, पुस ३० गते सदरमुकाम मा आन्दोलन सम्बन्धी तस्बिर र वृतचित्र प्रदर्शन गर्ने, माघ दुई गते सदरमुकाममा लाठी जुलुस र सभा गर्ने, माघ चार गते सदरमुकाममा मसाल जुलुस र सभा,  माघ पाँच गते  बलिदानी दिवस मनाउने, माघ सात गने गाउँ र शहरका चोकचोकमा सभा गर्ने लगायत रहेका छन् ।

Madeshi-press-r1 Madeshi-press-r2

 

तपाईको प्रतिक्रिया