nobel sahakari

२५ पुष कञ्चनपुर, राजकुमार पासवान।
जिल्ला सहकरी संघ सप्तरीका अध्यक्ष विनोद दत्तले सप्तरी जिल्ला ९५ प्रतिशत निमखा जनताहरु सहकारी बचतबाट लाभ लिएको कुनै न कुनै सहकारीमा प्रत्येक परिवार एक एक जना सहकारीमा आबद्ध भई लाभ लिई आर्थिक उर्पाजण गरिएको बताएका छन ।
सो कुरा जिल्ला सहकरी संघ सप्तरीका अध्यक्ष दत्तले नोबेल कृषि सहकारी संस्था लिमिटेड कञ्चनरुप नगरपालिका १ बरमझियाको आठौं बार्षिक साधारण सभा शनिवार बताएका छन ।
सो बार्षिक साधारण सभाबाट लेखा परिक्षण प्रतिवेदन पारित तथा नोबेल कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश साहद्धारा सहकारी बार्षिक प्रतिवेदन २०७२ सर्वसम्मतीले पारित गर्नुका साथैं सो आठौं बार्षिक साधारण सभामा अब सहकारीले महिला लक्षित सीपमूलक कार्यक्रम तथा सुलभ महिला बचत तथा ऋण कार्यक्रम,निमुखा जनता र सेवाग्राहीका लागी सहुलियत ऋण प्रदान गर्ने,नयाँ सहकारी ऐनलाई प्राथमिकतामा राखेर काम गन,शेयर सदस्यहरुलाई अनिवार्य सहकारी शिक्षा तालिम र यसैं बर्ष आई.एम.ई. तथा एम्बुलेन्स सञ्चालनगर्ने बताएका छन । अध्यक्ष साहले यस नोबेल सहकारीमा अहिले सम्म सफल रहेको कुनै किसिमको कसै मतभेद मत्तान्तर नरहेको यो सहकारी संस्था अझ अगाडी बढेर नमुना सहकारीको रुपमा परिणत गर्ने बताएका छन । कसषि सेवा केन्द्र कञ्चनपुरका बेचा सढोक,कञ्चनरुप नगरपालिका १ , २ का वडा सचिव नागेश्वर साह,जिल्ला सहकारी संघ सप्तरीका प्रतिनिधि गोपाल गुप्ता,समाजसेवी हजारी सुमन,नोबेल सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद साह र सफलबचतकर्ता उमर अलि लगायतले आ आपनो धारणा ब्यक्त गरेका थिए । सो बार्षिक साधारण सभा सहकारी अध्यक्ष ओमप्रकाश साहले अध्यक्षता गर्नुभएको थियो ,भने कार्यक्रम सञ्चालन विकास साहले गर्नु भएको थियो । सो आठौं बार्षिक साधारण सभाको अबसरमा सफल बचतकर्ता पुरुस्कार,सफल ऋणी पुरुस्कार तथा विभिन्न पुरुस्कार वितरण गरिएको यस बर्ष आर्थिक बर्ष २०७१।०७२ को कुल करोबार २,९७,४२,३१४ रुपैंया तथा मुल फाईदा ९२,५७५ रुपैंया भएको सहकारीका सचिव नागेश्वर यादवले बताएका छन ।
यसै गरी मिथिला नोबेल कृषि सहकारी संस्था लिमिटेड कञ्चनरुप नगरपालिका १ बरमझियाको चौथो बार्षिक साधारण सभा शनिवार बताएका छन । सो बार्षिक साधारण सभा सहकारी अध्यक्ष राजेन्द्र प्रसाद यादवले अध्यक्षता गर्नुभएको थियो ,भने कार्यक्रम सञ्चालन विकास साहले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया