Passengers on roof Old Bus Park

पुस २६, काठमाडौँ ।अब देखि माइक्रो तथा बसको छतमा यात्रु राख्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिबन्ध लगाएको छ । महाशाखाले इन्धनको अभावको बहानामा छतमा यात्रु राखेर सडकमा सवारी चलाउनेको संख्या बढेको भन्दै छतमा यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउन रोक लगाएको हो ।यसरी छतमा यात्रु चढाएको भेटिए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरू गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियम कडाइ भएलगत्तै आज बिहानदेखि उपत्यकामा सडकमा छतमा यात्रु राखेर गुडाएका दर्जनबढी सवारीलाई कारबाही गरिएको छ ।ट्राफिक प्रहरीले नाकाबन्दीको को कारण केहि  समय इन्धनको अभाव भएपछि नियम  खुकुलो  बनाएको थियो तर दुर्घटना र मनपरी बढेपछी फेरी नियन्त्रण गर्ने नीति लिएको हो ।ट्राफिक प्रहरीले  कारबाही स्वरूप  माइक्रोको छतमा यात्रु  राखे  छतमा चढ्ने भर्यागं समेत निकाल्नेसम्मको  कारबाही सुरु गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया