sakhuwagaxi 2
इनरुवा पुष २६/
होटल व्यवसायीहरुलाई पेशागत कारोवारलाई मात्र नभई मानव स्वास्थ्यका बारेमा समेत सचेत भएर कारोवार संचालनमा ल्याउन आग्रह गरिएको छ ।
सुनसरीको इनरुवामा होटल व्यवयीहरुका लागि लक्षित गरी आयोजना गरिएको खाद्य स्वच्छनता सम्वन्धि तालिममा सरोकारवालाहरुले त्यस्तो आग्रह गरेका हुन् ।
उद्योग वाणिज्य संघ इनरुवाको संयोजनमा खाद्य तथा गुण नियन्त्रण विभाग क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बिराटनगरले व्यवसायीहरुका लागि अभिमुखिकरण तालिमको आयोजना गरेको थियो ।
सहभागि स्थानीइ होटल व्यवसायहीहरुलाई क्षेत्रीय खाद्य नियन्त्रक प्रमोद कोइराला, खाद्य निरीक्षकहरु प्रेम अर्याल, कृष्ण दाहाल र सृजन जोशीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा व्यवसायीहरुलाई स्वच्छ, ताजा खानेकुराहरु मात्रै विक्रि वितरण गर्न भनिएको थियो ।
विभागले गर्ने छड्केका क्रममा तोकिएका मापदण्डहरु पुरा गरेको नपाइए सम्वन्धित व्यवसायीलाई कार्वाहीको दायरामा ल्याइने समेत जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया