sakhuwagaxi 3
इनरुवा पुष २६ /
शारदा उच्च मावि वलाहाले अभिभावक दिवसको अवसर पारेर वार्षिक उत्सव मनाएको छ ।विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी ५९ औ वार्षिक उत्सव मनाएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, सहायक जिल्ला शिक्षा अधिकारी तुलषीनारायण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिर्थराज भट्टराईले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।शिक्षा क्षेत्रमा समावेशी सिद्धान्त लागु गरेको शारदा उच्च मावि वलाहाले गुणस्तरीय शिक्षाको अवधारणालाई अवलम्बन गर्दै आएको छ ।अभिभावक दिवस तथा विद्यालयको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा अभिभावहरुले विद्यालयको पठनपाठन शैलीलाई थप निखारको खाँचो औल्याएका थिए ।

तपाईको प्रतिक्रिया