सुनसरी बहुमुखी क्याम्पसमा आयोजित विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएका छन् ।  क्याम्पसमा अध्ययनरत तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा दौड, ब्याडमिन्टन र कबड्डी खेलहरु खेलाइएको थियो । छात्र दौड तर्फ १४ जना सहभागि भएकोमा रामदेव उराव प्रथम, अधिराज उराव र सुमन मुखिया तेस्रो भएका छन् । त्यसैगरी छात्रा तर्फ अञ्जली चौधरी प्रथम हुँदा ललिता पण्डित दोस्रो र सविता मेहता तेस्रो भएकी छिन् ।

ब्याडमिन्टन छात्र तर्फ फय्याज आलम र रमेश दाहाल समूह बिजेता भएको छ भने फरहान अहमद र अजय शर्माको समूह उपबिजेता बनेको छ । त्यसैगरी छात्रा तर्फ वर्षा कुवर र स्वस्तिका गौतम पहिलो हुँदा पुनम शर्मा र पुजा यादव दोस्रो भएका छन् । यसैगरी कबड्डी छात्र तर्फ कक्षा १२को व्यवस्थापन संकाय समूह बिजेता बनेको छ । बीएड प्रथम वर्ष समूह उपबिजेता बनेको छ । छात्रातर्फ बीएड दोस्रो वर्ष प्रथम र बीबीएस दोस्रो वर्ष दोस्रो बनेको छ । क्रिकेटमा सहभागि ४ समूह मध्ये ११ र १२ को शिक्षा शास्त्र समूह प्रथम र बीबीएस पहिलो वर्ष समूह दोस्रो भएको छ ।प्रतियोगिता अध्यक्ष सेराज मियाका अनुसार बिजेताहरुलाई क्याम्पस प्रमुख इनु भट्टराई सहितका शिक्षक तथा अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा देवकृष्ण यादव, नन्दन गुप्ता, रोहित साहका साथै खेलकुद संयोजक रमेश मण्डल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया