- लुकमान अन्सारी

इनरुवा। सुनसरीको हरिनगर गाउँपालिकामा खुल्ला हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा रैय्यान पब्लिक स्कुल प्रथम स्थान ल्याउन सफल भएको छ। हरिनगर गाउँपालिका वार्ड नं.२ को सहयोग र नागरिक अधिकार संरक्षण मञ्च सुनसरीको आयोजनामा रैय्यान पब्लिक स्कुल प्रथम,बालकृष्णा माध्यमिक विधालय दिृतिय,जामियाअतुल अलइस्लामीया मदर्सा तिृतिय, शम्श ऐकेडेमी र वि.पि स्मृती विधालय सन्तवना भएको अयोजक संस्थाका सदस्य वासिद अलि सिद्धिकीले वताए।

खुल्ला हाजरी जवाफ प्रतियोगितामा प्रथम, दितिृय, तिृतिय र सन्तवना हुनेलाई झोला,टिफिन बक्स,स्टेशनरीका सामाग्रि,प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमको निर्णायक समितिका संयोजक सुकदेब चौधरीले जनाए । कार्यक्रममा समान्य ज्ञान, वौद्धिक रौचक, प्रशासनिक, राजनैतिक, स्वास्थ शाररिक, ज्ञान बर्धक जस्ता प्रश्नहरु समेति खुल्ला हाजिरी जवाफ प्रतियोगितामा सोधिएको थियो। हरिनगर गाउँपालिका वार्ड नं. २ मा रहेका सम्पुर्ण सामुदायिक तथा निजि विधालयका विधार्थिहरुलाई समेटिने गरि जम्मा ६५ जना विधार्थिहरुको सहभागीतामा खुल्ला हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया