- नसीम अन्सारी

भुटाहा। हरिनगर गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हरिनगरा उच्च माध्यमिक विद्यालयले जितेको छ। हरिनगरामा सम्पन्न प्रतियोगितामा कुल २४ वटा पदक जित्दै हरिनगरा उच्च माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो। प्रतियोगितामा हरिनगरा उच्च माविले १२ स्वर्ण, ७ रजत र ५ वटा कांस्य पदक हात पार्‍यो।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय दोस्रो भयो। जनताले ५ स्वर्ण, ९ रजत र ५ कांस्य गरी कुल १९ वटा पदक जित्यो। माध्यमिक विद्यालय बसन्तपुरले तेस्रो स्थान हासिल गर्‍यो। बसन्तपुरले ४ स्वर्ण, ४ रजत र ५ कांस्य गरी कुल १३ वटा पदक जित्यो।

पहिलो हुने हरिनगरा उच्च माविले रनिङ शिल, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्‍यो। दोस्रो हुने जनता मावि गाैतमपुरले रनिङ शिल, मेडल र प्रमाणपत्र पुरस्कार पाए। तेस्रो हुने माध्यमिक विद्यालय बसन्तपुरले रनिङ शिल, मेडल र प्रमाणपत्र पुरस्कार पाएकाे जानकारी गाउँपालिकाको शिक्षा शाखाका संयोजक अजित कुमार मलिकले जनकारी दिए। ३ दिनसम्म चलेको उक्त प्रतियोगितामा ६ वटा विद्यालयका दुई सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगितामा छात्र÷छात्रा एथलेटिक्स र भलिबलसँगै विभिन्न खेलका ३० वटा स्पर्धा समावेश गरिएको थियो।


तपाईको प्रतिक्रिया