इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका ४ का बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृति वितरण गरिएको छ । नेपाल वेलफेयर सोसाईटी हरिनगर भुटाहाको आयोजना र हरिनगर गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा १७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृति वितरण गरिएको हो । कक्षा ५ मुनी अध्ययरत्त बालबालिकाहरुलाई विद्यालयमा खाजा लान सहजताका लागि खाजा बक्स(टिपीनं), एक दर्जन कपी र डटपेन तथा विद्यालय झोला सहित शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष मोजोमिल अहमदले जानकारी दिनुभयो ।

बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा छात्रवृति वितरण कार्यक्रममा वडा अध्यक्ष सुदिलाल मेहता, वडा सचिव करुणा निरौला, सदस्य राजेश पाल, लखन महतो, चन्चला भुजेल, इलाका प्रहरी कार्यालय हरिनगराका सई गजाधन गोईत पत्रकारहरु जयकृष्ण यादव, टोमराज मेहता सहितको उपस्थिती रहेको थियो ।कार्यक्रममा वडा अध्यक्ष मेहताले गरिब विपन्नका छोराछोरीहरुलाई शैक्षिक पहुचका लागि छात्रवृति प्रदान गरिएको बताउनुभयो । वहाँले भौतिक विकास भन्दा मानविय विकासका लागि बालबालिकालाई छात्रवृति प्रदान गरिएको बताउनुभयो । कक्षा १ देखी ५ सम्म पढ्ने १७ जनालाई जनही छात्रवृति प्रदान गरिएको थियो । बालबालिकाहरुले पोशाकको कपडा, व्याग पाएकाले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सेराज फालही र बालबालिकाहरु समेतले छात्रवृतिको बारेमा बोल्नुभर्एको थियो ।

तपाईको प्रतिक्रिया