morcha-madeshi

२८ पुस काठमाडौँ । मधेसी मोर्चाले आजदेखि माघ ८ गतेसम्मका लागि नयाँ चरणको आन्दोलन अघि बढाउने भएको छ । यस अघिनै गरिएको आन्दोलनको कार्यक्रमलाई यथावत राख्दै मोर्चाले आफ्नो थप कार्यक्रम थप शसक्त पार्ने जनाएको छ ।

आन्दोलनरत संयुक्त मोर्चाले संविधान संशोधन विधेयक मोर्चालाई मान्य नभएको भन्दै सरकार अझैपनि वार्ताबारे गम्भीर नभएको आरोप समेत लगाएको छ । सरकारको देखावटी वार्ताको कारण अहिलेसम्म कुनैपनि ठोस परिणाम ननिस्किएको मोर्चाले जनाएको छ ।

मोर्चाले पुराना विरोधका कार्यक्रमलाई यथावत् रहेको भन्दै आजदेखि माघ ८ गतेसम्मको लागि मोर्चाले जुलुस, लाठी जुलुस, फोटो र वृतचित्र प्रदर्शनी, चौराहाहरुमा विरोध प्रदर्शनका साथै माघ ५ गते जिल्ला सदरमुकामहरुमा मधेस आन्दोलनमा सहादत पाएकाहरुको सम्झनामा वलिदानी दिवस मनाउने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया