सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप रात्रिकालीन भलिबल प्रतियोगिताको पछिल्ला खेलमा विभागीय टोली एपीएफ र सोलुखुम्बु बिजयी भएका छन् ।इनरुवाको महेन्द्र चोकमा समपन्न पछिल्लो खेलमा एपीएफले सुनसरी लाई पराजित गरेको छ । त्यसैगरी अर्को खेलमा सोलुखुम्बुले आयोजक इनरुवालाई हराएको हो ।

एपीएफले सुनसरीलाई ३–० को सेटमा हराएको हो । सुनसरी विभागीय टिम एपीएफ सँग २५–१६, २५–१३ र २५–१७ को सेटमा पराजित भएको हो ।एपीएपले पहिलो सेटबाटै सुनसरीलाई दबाबमा राख्दै लगातार तीन सेट जितेको हो । त्यसैअघि सम्पन्न खेलमा सोलुखुम्बुले आयोजक इनरुवालाई सोझो सेटमा पराजित गरेको थियो । सोलुखुम्बुले लगातार ३ सेट जित्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो । प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया