काठमाडौं । देशभर रहेका सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)को चरम अभाव हुँदा जटिल प्रकृतिका बिरामीलाई सकस हुने गरेको छ । आईसीयूसहितको शøयामा राख्नुपर्ने अवस्थामा रहेका बिरामी केन्द्रीय अस्पतालमा शैया अभावकै कारण निजीमा रेफर हुन विवश छन् । जिल्ला र प्रादेशिक तहमा रहेका अस्पतालमा समेत पर्याप्त मात्रामा सघन उपचार कक्षको अभाव चरम रूपमा खट्टिएको छ ।५२ शैयाको आईसीयू क्षमता रहेको कान्ति बाल अस्पतालमा ३७ शøया सञ्चालनमा छ । पछिल्लो तथ्यांकलाई आधार मान्दा एक वर्षको अवधिमा ८ सय ३८ बिरामी आईसीयूमा शैया अभावका कारण अन्यत्र सिफारिस हुन बाध्य भएका छन् ।

सो अस्पतालले भेन्टिलेटरसहितको आईसीयूको प्रतिदिन शुल्क ४ हजार २ सय रुपैयाँ लिने गरेकोमा निजी अस्पतालमा सो शुल्क दोब्बरभन्दा बढी छ । बिरामी आईसीयू अभावका कारण निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार सेवा लिन विवश छन् भने कतिपय त उपचारका लागि पैसा जोहो गर्न नसक्दा मृत्युको विकल्प रोज्न बाध्य छन् । निजी अस्पतालहरुले यसको फाइदा लिइरहेका छन् । निजी अस्पतालले भेन्टिलेटरसहितको आईसीयू बेडका लागि बिरामीबाट प्रतिदिन १० हजार रुपैयाँदेखि १९ हजार रुपैयाँसम्म लिने गरेका छन् । मूल्यमा मनपरी छ । तर, सरकारको अनुगमन निष्प्रभावीजस्तै देखिन्छ ।

सिभिल अस्पतालमा पाँच, त्रिवि शिक्षण अस्पतालमा ११, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारवटा आईसीयू बेड रहेका छन् । यो संख्या अत्यन्तै न्यून हो ।केही सरकारी अस्पतालमा गरिब तथा विपन्न व्यक्तिहरूले आईसीयू कक्ष नै पाउँदैनन् । पीडितहरूका अनुसार आफूलार्ई नदिने तर ‘भीआईपी’ भन्दै अस्पताल प्रशासनले अन्य पहुँचवालालाई उपलब्ध गराउने गुनासोसमेत गर्ने गरेका छन् ।स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा ३० अनुसूची ७ मा सेवाशुल्क निर्धारण समितिको व्यवस्था छ । निर्देशिकामा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्र भागमा देखिनेगरी राख्नुपर्ने भनिएको छ । तर, अधिकांश निजी अस्पतालले देखाउँन चाहँदैनन् ।

२५ देखि ७५ शैयासम्मको अस्पतालमा एक र १ सय शैयाको अस्पतालमा दुईवटा भेन्टिलेटर अनिवार्य गरिएको छ । यस्तै, कुल उपलब्ध बेडको ५ प्रतिशतको अनुपातमा आईसीयू बेड व्यवस्था हुनुपर्छ । तर, अधिकांश अस्पतालमा भेन्टिलेटरसहित आईसीयूको चरम अभाव छ । आईसीयू कक्षमा प्रति दुई शैयाका लागि एक भेन्टिलेटर हुनुपर्नेछ ।आईसीयू, सीसीयू, एनआईसीयूजस्ता सघन सेवा प्रदान गर्ने युनिटमा प्रति शैयाको अनुपातमा एक जना स्टाफ नर्सको व्यवस्था हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा तालिम प्राप्त चिकित्सक चौबीसै घण्टा उपस्थित रहनुपर्ने र सम्बन्धित कन्सल्ट्यान्ट अनुकूलमा उपलब्ध हुनुपर्नेछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले कुनै पनि अस्पतालले मनपरी रूपमा शुल्क लिन नमिल्ने बताए । उनले भने, ‘कसैले आईसीयूबापत अत्यधिक शुल्क लिन पाइँदैन । हामी कहाँ संयन्त्र पनि छ । अनुगमनलाई प्रभावकारी बनाउँछौं ।’ अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया