- लुकमान अन्सारी

भुटाहा। सुनसरी हरिनगर गाउँपालिका वार्ड नं. २ रामनगर भुटाहाले एक कार्यक्रम गरि बालकृष्ण माध्यमिक विधालयलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ । हरिनगर वाडा नं.२ कार्यालयको सहयोगमा बालकृष्ण माध्यमिक विधालयलाई एक थान ल्यापटप र एक थान प्रोजेक्टर सहयोग गरिएको वडा नं २ का कर्मचारी उमर आलमले वताए ।

ल्यापटप र प्रोजेक्टर वार्ड नं.२ का वडा अध्यक्ष युनुस मियाँ,वडा सदस्य जलामुद्धिन मियाँ र समाजसेवी मोजम्मिल अहमदले सयुंक्त रुपमा बालकृष्ण माध्यमिक विधालयका प्रधानध्यापक नरेश प्रसाद गुप्ता र साहायक प्रधानध्यापक नजाम अन्सारीलाई हस्तान्तरण गरिएका थियो।

तपाईको प्रतिक्रिया