इनरुवा। कोरोना भाईरसको माहामारीको त्रास बढे संगै नेपालमा थप एक हप्ताकालागि लकडाउनको समय अवधि थप गरिएको छ। लकडाउनको समय अवधि थप गरिए संगै आम मानिसको दैनिक जिवन अझ कष्टकर बन्दै गएको सहजै बझ्नसकिन्छ।  यसै बिच वराहक्षेत्र नगरपालिकाले कोरोना भाईरस नियन्त्रणकालागि सर्वदलिय, सर्वपक्षिय भेला मार्फत ९ बुदे निर्णयहरु गरेको छ।

वराहक्षेत्र नगरपालिकाले कोरोना भाईरस नियन्त्रणकालागि गरेको निर्णयहरुमा लकडाउन अवधिमा दैनिक ज्यालादारी मजदुरी गर्न वञ्चित पीडित परिवारलाई राहत उपलब्ध गराउन नगरपालिका मातहतमा माछापुच्छ्रे बैंक चक्रघट्टी शाखामा लेखा अधिकृत विरेन्द्र यादव र सामाजिक विकास शाखा प्रमुख अरुण कुमार मेहताको नाममा प्रकोप व्यवस्थापन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

वराहक्षेत्र नगरपालिकाबाट वैदेशिक रोजगारीको सिलसिलामा विदेश गई कोरोना भाईरसको संक्रमण फैलिएसंगै स्वदेश फर्किएका वराहक्षेत्र नगरपालिका क्षेत्रभित्रका व्याक्तिहरुको लगत वडा कार्यालय मार्फत संकलन गरी स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय गरको छ।

वराहक्षेत्र नगरपालिका भित्र अत्य आवश्यक तथा दैनिक उपभोग्य वस्तु  सहज आपुर्तिकालागि उधोग वाणिज्य संघ महेन्द्रनगर तथा चतरा संग समन्वय गर्ने भएको छ। वृद्धा आश्रममा राहतका सामाग्रि उपलब्ध गराउनुका साथै वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गराईने निर्णय गरिएको छ।

वडाहरुमा वडा अध्यक्षको संयोजकत्वमा समिति गठनगरि दैनिक ज्यालादारी, श्रमिक मजदुरहरुको लगत संकलन गरि राहत उपलब्ध गराउने निर्णय गरिएको छ।  भेलामा नगरपालिका क्षेत्रभित्र २ स्थानमा २१ बेडसहितको क्वारेन्टाईन स्थापना गरिएको जानकारी गराईएको छ भने थप २ स्थानमा क्वारेन्टाईन स्थापना गरिने निर्णय गरिएको छ। वराहक्षेत्र नगरपालिका क्षेत्रभित्र कालो बजारी नियन्त्रण गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा समिति निर्माण गरिएको छ भने अनुगमन नगर प्रमुखले गर्ने निर्णय गरिएको छ ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया