एम्बुलेन्सको ठक्करबाट सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत घोपाली टोलमा एम्बुलेन्सले ठक्कर दिँदा स्कुटीमा सवार इनरुवा ६ मधेशाकी रत्ना श्रेष्ठको ज्यान गएको हो ।

को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षिया श्रेष्ठ घरबाट कार्यालय जाने क्रममा दुर्घटनामा परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा उपचारकालागि न्यूरो हस्पिटल बिराटनगर लैजादै गर्दा श्रेष्ठको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।ठक्कर दिने को १ च ९६०५ नम्बरको एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिरामी बोकेको एम्बुलेन्स खुल्ला सडकमा तिव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ । श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिइन् ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया